१३ बैशाख २०८१, बिहीबार

बाहुबलीको रेकर्ड तोडला त प्रभासको ‘आदीपुरुष’ले

prabhas DkM5WDT9zz

बाहुबली फिल्मको अभिनयले फिल्मका दर्शकलाई आकर्षित गरेका सुपरस्टार प्रभासले एकपछि अर्को आफ्नै फिल्मको रेकर्ड तोड्ने आँकलन गरिएको छ । उनी अभिनित पछिल्लो फिल्म ‘आदीपुरुष’ बहुप्रतिक्षित फिल्म मध्येको एक हो ।

यो फिल्म भिएफएकसको मावलामा प्रभासको यस अघि प्रदर्शनमा आएको सुपरहिट फिल्म ‘बाहुबली २ द कन्क्लुजन’का रेकर्ड तोड्ने हल्ला बाहिरिएको छ । एमएस राजमौलीको निर्देशन रहेको फिल्म ‘बाहुबली २ द कन्क्लुजन’मा २५०० भिजुअल इफेक्ट्स समेटिएको थियो । धेरै भिएफएक्स भएको बलिउडको यो पहिलो फिल्मका रुपमा लिइन्छ ।

भारतिय मिडियाका अनुसार ‘आदीपुरुष’मा भने त्यो भन्दा पनि बढी ८००० भिएफएक्स समेटिएको छ । ‘बाहुबली’ फिल्मको तुलनामा यो तीन गुण भन्दा पनि बढी हो । फिल्म निर्माण युनिट कोभिड १९ को कहर सामान्य भएपछि कलाकार छनोट देखि लिएर फिल्म युनिटका तयारीमा लाग्ने छ । फिल्मको रिलिज डेट अगष्ट २०२२ लाई तोकिएपनि फिक्स गरिएको छैन ।