८ बैशाख २०८१, शनिबार

झलनाथ खनाललाई इर्मजेन्सीमा भर्ना, कस्तो छ उनको स्वास्थ्य अवस्था ?

Jhalanath Khanal
फाइल फोटो

पूर्व प्रधानमन्त्री झलनाथ खनाललाई आकस्मिक कक्ष (इर्मजेन्सी) मा भर्ना गरिएको छ । ज्वरो र रगतमा हेमोग्लेविनको मात्रा कम भएपछि उनलाई सोमबार बिहान नर्भिक अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको हो ।

खनाललाई यसअघि कोरोना भएको थियो । कोरोनामुक्त भएपछि अस्पतालबाट घर फर्केर खनाल आराम गरिरहेका थिए ।

अस्पताल स्रोतका अनुसार उनको अवस्था अहिले सामान्य छ । ४/५ दिनदेखि आएको ज्वरो नघटेपछि अस्पताल ल्याइएको थियो । उनको स्वास्थ्यमा के समस्या आएको हो भन्ने बुझ्न परीक्षण चलिरहेको अस्पताल स्रोतले जनाएको छ ।