१५ चैत्र २०८०, बिहीबार

युरोकप: बेल्जीयम र फिनल्याण्ड विजयी, मैदानमै हृदयघात भएका डेनमार्कका खेलाडी खतरामुक्त

media handler

युरोकप फुटबलमा बेल्जीयम र फिनल्याण्ड विजयी भएका छन् । समुह बि अन्तर्गत गएराति रुसमा भएको खेलमा बेल्जीयमले रुसलाई ३–० ले हराएको हो ।

बेल्जीयमको जितमा रोमेलु लुकाकुले दुई तथा थोमस मुनिएरले एक गोल गरे । यही समुहको अर्को खेलमा फिनल्यान्डले डेनमार्कलाई १–० ले हरायो ।

डेनमार्कमा भएको खेलमा पाहुना टोली फिनल्याण्डलाई विजयी गराउन जोएल पोयानपालोले ६० औं मिनेटमा गरेको गोल निर्णायक बन्यो ।

यो खेललाई परिणामले भन्दा पनि डेनिस खेलाडी क्रिश्चियन एरिक्सनको स्वास्थ्य समस्याले छायामा पा¥यो ।खेलको ४० औं मिनेटमा हृदयघात भएर एरिक्सन मैदानमा ढलेपछि खेल रोकियो ।

१५ मिनेटसम्म मैदानमै उपचार गरेपछि उनलाई अस्पताल लगियो । अस्पतालमा करिब एक घण्टापछि उनलाई होस आएको खबर सार्वजनिक भएपछि मात्रै खेल पुन सुचालु भएको थियो ।

अहिले एरिक्सनको स्वास्थ्य अवस्था खतरामुक्त रहेको बताईएको छ । युरोकप फुटबलअन्तर्गत हिजो भएको समुह ए को खेलमा स्विट्जरल्याण्ड र वेल्सले एक एक गोलको बराबरी खेलेका छन् ।

युरोकप फुटबलमा आज पनि तीन खेल हुनेछन् । आज साँझ पौने ७ बजे इंग्ल्याण्ड र क्रोएसिया भिड्दा राती पौने १० बजे अष्ट्रिया र उत्तरी मेसेडोनिया तथा पौने १ बजे नेदरल्याण्ड्स र युक्रेन भिड्नेछन् ।

ericson 1 NiZvtGZY9C