१६ चैत्र २०८०, शुक्रबार

गण्डकी प्रदेशमा दिपक मनाङ्गे भन्छन् : मलाई गृहमन्त्रालय चाहिन्छ, म प्रहरी प्रशासन चलाउँछु

dipak managay

विपक्षी गठबन्धनलाई बहुमत पु¥याउन निर्णायक बनेका राजीव गुरुङ उर्फ दीपक मनाङेले आन्तरिक मामिला तथा कानुन मन्त्रालय (गृहमन्त्री)मा दाबी गरेका छन् ।

नेपालीलाई मुख्यमन्त्री बन्नका लागि मनाङेको समर्थन निर्णायक बनेको छ । उनले पृथ्वीसुब्बा गुरुङको सरकारमा युवा तथा खेलकुद मन्त्रालय पाएका थिए । मन्त्री पदमा रहेकै बेला विपक्षी गठबन्धनमा लागेपछि उनलाई गुरुङले बर्खास्त गरेका थिए ।

कांग्रेस र माओवादी गठबन्धनका नेताहरुसँगको छलफलमा उनले आफूलाई गृह नभए अर्थ तथा योजना मन्त्री चाहिने बताएका छन् । अरु मन्त्रालयमा बसेर काम गर्न नसकिने रहेछ भन्दै मनाङेले पुलिस चलाउन गृहमन्त्री हुन चाहेको बताएका छन् । मनाङेमाथिको ज्यान मुद्दा सर्वोच्च अदालतमा विचारधीन रहेको छ । प्रहरीले अहिले पनि आफूलाई राम्रो नजरले नहेर्ने भएकाले गृहमन्त्री बन्न चाहेको मनाङेले निकटस्थलाई बताएका छन् ।

विपक्षी गठबन्धनले भने उनलाई अरु मन्त्रालयमा मनाउन प्रयास गरिरहेको छ । नयाँ सरकार गठनपछि मात्र मन्त्रालयको बारेमा छलफल हुने कांग्रेस नेताहरुले बताएका छन् ।

‘एउटा मन्त्री बनाउने भन्ने निश्चित भएको हो,’ कांग्रेसका एक नेताले भने, ‘गृहमन्त्री उहाँको दाबी हो, कुन मन्त्रालय भन्ने चाहिँ एकिन भइसकेको छैन ।’

प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ को उपधारा (५) बमोजिम नेपाली कांग्रेसका प्रदेश संसदीय दलका नेता पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् ।

प्रदेश प्रमुख पौडेलले आज दिउँसो ३.०० बजेसम्मको समय तोकेर प्रदेश सभा सदस्यहरूलाई मुख्यमन्त्रीमा दावी पेश गर्न आह्वान गरेकी थिइन ।

शुक्रबार पोखरेलले काँग्रेसका १५, माओवादी केन्द्रका ११, राष्ट्रिय जनमोर्चाका २, जनता समाजवादी पार्टीका २ सांसद र स्वतन्त्र सांसद दीपक मनाङेसहितको समर्थनमा मुख्यमन्त्रीको लागि दावी पेश गरेका थिए।