१३ बैशाख २०८१, बिहीबार

वनभोजका लागि कर्मचारी ओसार्ने सरकारी गाडी दुर्घटना, एकको मृत्यु

jeep acci1 20210612174351

प्युठानमा वनभोजका लागि कर्मचारी ओसार्ने क्रममा एक सरकारी गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । कोष तथा लेखा नियन्त्रण कार्यालय प्युठानको घ १ झ ५ नम्बरको कार मल्लरानी गाउँपालिका–४ स्थित मल्लरानी नजिकै दुर्घटनामा परेको हो ।

तुल्सीपुर उपमहानगरपालिका–४ का प्रकाश आचार्यको ज्यान गएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ । खलंगाबाट मल्लरानीमा वनभोज खान सरकारी कर्मचारीहरूलाई ओसारपसार गर्दा कार दुर्घटनामा परेको स्थानीयहरुले बताएका छन् ।

कार पुनः कर्मचारी ओसार्न खलंगा झर्दै गर्दा दुर्घटनामा परेको थियो । जिल्ला प्रहरी कार्यालय प्युठानका प्रवक्ता एवं प्रहरी निरीक्षक देवी प्रसाद गैरेका अनुसार कार कच्ची सडकबाट चिप्लिएर ७० मिटर तल खसेको छ ।