७ बैशाख २०८१, शुक्रबार

सुदूरपश्चिममा गाँजा खेतीलाई वैधानिकता दिन प्रदेश सांसद मल्लको माग

debaki malla 20210612175802

सुदूरपश्चिम प्रदेशसभाकी सांसद देवकी मल्लले गाँजा खेतीलाई वैधानिकता दिनुपर्ने बताएकी छन् । सुदूरपश्चिम प्रदेश सभा बैठकमा बोल्दै सत्तारुढ माओवादी केन्द्रकी सांसद देबकी मल्लले सुदूरपश्चिममा गाँजा खेतीलाई वैधानिकता दिनु पर्ने माग गरेकी हुन् ।

सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा सांसद मल्लले भनिन्, ‘आयस्रोत, जीवन निर्वाहका लागि गाँजा खेती जरुरी छ ।’ उनले भनिन्, ‘सुदूरपश्चिम र बझाङका लागि असाध्यै महत्वपूर्ण रहेको गाँजा खेतीलाई कसरी वैधानिक बनाउन सकिन्छ, प्रदेश सरकारले धारणा बनाएर आवश्यक परे केन्द्र सरकारसँग पनि पहल गरोस् ।’

सुदूरपश्चिममा सबै ठाउँमा फाट्टफुट्ट गाँजा खेती चलन छ । खासगरी बझाङ र बाजुराका केही ठाउँमा परम्परादेखि निकै ठूलो मात्रामा गाँजा खेती हुने गर्छ । उनी बझाङबाट माओवादी केन्द्रबाट प्रत्यक्ष निर्वाचित सांसद हुन् ।

    सम्बन्धित समाचार...