१६ श्रावण २०७८, शनिबार

नेपालमा शनिबार थप ३३८४ जनामा संक्रमण पुष्टि, ६१ जनाको मृत्यु

corona insurance

नेपालमा शनिबार थप ३ हजार ३८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ८ हजार ५ सय ६ वटा पिसिआर परिक्षणका क्रममा २ हजार ३ सय ८२ र ५ हजार ९ सय ८८ एन्टीजेन परिक्षणका क्रममा एक हजार दुई जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख २६ हजार ५ सय ३५ पुगेको छ ।

त्यस्तै कोरोनाका कारण थप ६१ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ८ हजार ३ सय ६६ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । त्यस्तै थप ६ हजार २ सय ९५ संक्रमित निको भएको मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा ५ लाख २७ हजार १११ जना संक्रमणमुक्त भएका छन् । हाल नेपालमा ७१ हजार ३०१ संक्रिय संक्रमित आइशोलेशनमा र ५५२ जना क्वारेन्टाइनमा छन् । हालसम्म नेपालमा ३२ लाख ७ हजार २०८ वटा पिरिआर र १ लाख २ हजार ९४० वटा एन्टीजेन परिक्षण गरिएको मन्त्रालयले जानकारी दिएको छ ।