११ बैशाख २०८१, मंगलवार

अवैध घरेलु हतियारसहित भारतीय नागरिक पक्राउ

arest
सांकेतिक तस्विर

सप्तरी प्रहरीले अवैध घरेलु हतियारसहित एक भारतीय नागरिकलाई आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा विहार राज्यको मधुबनी जिल्लाको बोगटियाका २४ वर्षीय जितेन्द्र मण्डल रहेको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो ।

बिओपी स्वर्णपट्टीबाट सहायक प्रहरी नायब निरीक्षक चन्द्रबहादुर यसमाली नेतृत्वमा खटिएको सशस्त्र प्रहरीको टोलीले मण्डललाई नेपाल प्रवेश गर्न लागेको अवस्थामा बोदे बरसाइन–९ स्वर्णपट्टीबाट पक्राउ गरिएको काफ्लेले बताउनुभयो । मण्डललाई घरेलु हतियारसहित आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय ल्याइएको प्रहरीले जनाएको छ ।