१६ चैत्र २०८०, शुक्रबार

दाङको तुल्सीपुरमा चल्यो गोली,६ राउन्ड गोलीसहीत एक युवक पक्राउ

gunfire
सांकेतिक तस्विर

दाङको तुल्सीपुरमा कुलोको विषयमा भएको विवादमा एक युवकले गोली चलाएका छन् ।

गोली चलाएको आरोपमा तुल्सीपुर उपमहानगरपालिका-८ का पूर्णबहादुर वलीलाइ प्रहरीले पक्राउ गरेका छन् ।

प्रहरीले उनीसँग भएको पेस्तोल र ६ राउन्ड गोली बरामद गरेको छ । वलीले चलाएको गोली कसैलाई लागेको छैन । उनले कसलाई गोली हान्न खोजेका हुन् भन्ने नखुलेको र अनुसन्धान शुरु भएको प्रहरी प्रमुख डीएसपी शिवबहादुर सिंहले जानकारी दिए ।