६ बैशाख २०८१, बिहीबार

फेवातालमा डुङ्गा पल्टिँदा एक जना बेपत्ता, दुईको उद्धार

phewa tal lake pokhara

फेवातालमा डुंगा पल्टिदा एक जना बेपत्ता भएका छन् । प्रहरीका अनुसार काठमाडौंबाट घुम्न आएको टोली डुंगा पल्टिदा एक जना बेपत्ता भएका हुन् ।

खपौँदी नजिकैबाट सँगै डुंगा चढेका ३ जनामध्ये एकजना बेपत्ता भएको प्रहरीले जनाएको छ। बेपत्ता हुनेमा काठमाडौंका सुमित लुइँटेल छन्।

प्रहरीकाअनुसार डुंगामा सवार ४ जनामध्ये ३ जनालाई नेपाली सेनाको रेस्क्यु टोलीले उद्दार गरि सकेको छ । दिउँसो करिब १ बजेर ३० मिनेट जाँदा डुंगा पल्टिएको थियो ।

लाइफ ज्याकेटविनै डुंगा लिएर फेवातालमा गएकामध्ये रूपेश अधिकारी र सुबिन चालिसेको प्रहरीले उद्धार गरेको हो। बेपत्ता भएका लुइँटेलको नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयले खोजी जारी राखेका छन्।

प्रहरीकाअनुसार प्राइभेट डु्ंगा लिएर गएका उनीहरु डुंगामा पानी भरिएपछि पल्टिएको थियो । बेपत्ता एकको खोजी कार्य जारी राखेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा डिएसपी राजकुमार केसीले जानकारी दिए । फेवातालको सिरान खपौदीबाट उनीहरु डुंगा लिएर निस्केका थिए ।