१३ बैशाख २०८१, बिहीबार

श्रोत नखुलेको १ करोड १७ लाख बरामद, १२ जना पक्राउ

IMG 20210609 122122 750x375 1

रौतहट प्रहरी प्रमुख प्रहरी उपरीक्षक शिद्धिविक्रम शाहको सक्रियतामा जिल्लाको विभिन्न नाका भएर हुदै गरेको अवैध रकमको कारोवारमा संलग्न १२ जनालाई पक्राउ गरि १ करोड १७ लाख रुपैयाँ भन्दा बढी रकम बरामद गरेका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख भएर आएका बेलादेखि अहिले सम्म उक्त रकम बरामद भएको प्रहरी उपरीक्षक शाहले जानकारी गराएका छन् । रौतहटको औरैया , बन्जरहा , महादेवपट्टी नाकाबाट हुण्डी कारोवार गर्ने समुहका व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएर कारवाही गरेका हुन् । परोहा नगरपालिका वडा नम्बर ९ रामपुर खापस्थित नेपाल–भारत सीमामा रहेका प्रहरी चौकीले चेक जाँच गर्ने क्रममा भारतबाट नेपाल तर्फ आउदै गरेको बीआर ०५आर ४५२१ नम्बरको मोटर साइकललाई रोकी चेक जाच गर्दा मोटर साइकल सवारले झोलामा लुकाएर राखेको स्रोत नखुलेको ३० लाख ७६ हजार रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ । स्रोत नखुलेको रकम सहित पक्राउ परेका भारत विहारको मोतिहारी जिल्ला घोडासहन बस्ने चालक बन्टी कुमार कलवार र पछाडी बसेका सोहि ठाउँ निवासी २० वर्षीय सुरज कलवारलाई सार्वजनिक गर्दै प्रहरी उपरीक्षक शाहले ९ पटक हुण्डी कारोवार गर्नेलाई पक्राउ गर्न प्रहरी सफल भएको बताए । नेपालबाट नेपाली रुपैयाँलाई भारतीय रुपैयाँ सटही गर्ने गिरोह सक्रिय भएको अवस्थामा नेपाल– भारत सीमामा त्यो गिरोहलाई न्यूनीकरण गर्न प्रहरी सक्रिय रुपमा खटेको उनले दावी गरे ।

चालु आर्थिक वर्षमा अहिले सम्म हुण्डी कारोवार गर्ने गिरोहका १२ जनालाई पक्राउ गरि कानुनी कारवाही गरिएको बताउदै प्रहरी उपरीक्षक शाहले १ करोड १७ लाख ८६ हजार रुपैया बरामद गरिएको जनाए ।