
तिब्र गतिका बल जेम्स एन्डरसनले इङ्ल्यान्डबाट सबभन्दा धेरै टेष्ट क्रिकेट खेल्ने कीर्तिमान बनाएका छन्। ३८ वर्षे एन्डरसनले न्युजिल्यान्डविरुद्धको दोस्रो टेष्ट खेल्दै पूर्वकप्तान एलेस्टर कुकले बनाएको कीर्तिमान तोडेका हुन्।
२००३ मा डेब्यू गरेका एन्डरसनले इङ्ल्यान्डबाट १६२औं टेष्ट खेल्दै कीर्तिमान बनाएका हुन्। एन्डरसनले इङ्ल्यान्डबाट कीर्तिमानी ६१६ विकेट लिइसकेका छन्। पूर्वकप्तान एलेस्टर कुकले १६२औं टेष्ट खेलेका थिए।