४ बैशाख २०८१, मंगलवार

अभिनेता राजेश हमालले धरहराबाट काठमाडौ नियाल्दै जन्मदिनको केक काटे

s3XaVbUyJgOcONDF3ZkG

अभिनेता राजेश हमालले बुधबार हालै उद्घाटन भएको धरहरामा आफ्नो जन्मदिन मनाएका छन् । उनले जन्मदिनको केक काट्नका लागि धरहरालाई रोजेका छन् । केहि निकट साथीहरु सहित धरहरा पुगेका हमालले माथीबाट काठमाडौं नियाल्दै हमालले केक काटेका हुन् । ५७ वर्ष पुगेका हमालले धरहरा निर्माणमा खटिएका मजदुरहरुसँग केक काट्दै खुसी साटेका थिए ।

जति उमेरे ढल्किए पनि २५ वर्षको भए भन्दै आएका छन् । उनले ठट्यौली पारामा नै आफ्नो उमेर लुकाउदै आएता पनि अभिनेता हमालले बुधबार ५७ वर्ष पुगेका हुन् । उनले आफ्नो जन्मदिको दिन बिहानै मन्दिर पुगेर पूजा गरेका थिए भने बेलुकी परिवारसँग जन्मदिनको सेलिब्रेशन गरेको देखिन्छ । उनले जन्मदिन मनाएका तस्विरहरु सामाजिक सञ्जालमा प्रशस्त देख्न सकिन्छ । फेरि पनि राजेश हमाललाई हाम्रो तर्फबाट जन्मदिनको शुभकामना ।

rajesh hamal birthday
rajesh hamal 3