१३ बैशाख २०८१, बिहीबार

सरकारी तथा निजी अस्पतालमा कोरोना उपचारमा निःशुल्क पाइने सात सेवा

helth ministry office nepal

सरकारले सबै सरकारी तथा केही निजी अस्पतालमा निःशुल्क कोभिड–१९ को उपचार गर्ने व्यवस्था गरेको छ।

कोभिड–१९ निःशुल्क उपचार गर्न सरकारले सबै सरकारी अस्पताललाई निर्देशन दिइसकेको छ। निजी अस्पतालसँग पनि निःशुल्क उपचारका लागि सम्झौता गर्दै आएको छ। निःशुल्क उपचारका लागि निजी अस्पतालसँग सम्झौता गर्नेक्रम जारी रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.कृष्णप्रसाद पौडेलले बताए।

उनका अनुसार कोभिड–१९ को उपचारका सात वटा सेवालाई निःशुल्क गरिएको छ। पहिलो, सामान्य रगत परीक्षण रहेको छ। जसअन्तर्गत सिरम युरिया, क्रियटिनन्, सुगर, सिआरपी, सीबीसी, हेमालेग्लोबिन, प्लेटलेट, ईएसआर, एएसटी, एएलटी आदी रहेका छन्।

तेस्रो छातिको एक्स–रे, चौथो उपचारमा प्रयोग हुने स्लाइन तथा सामान्य औषधिहरू, चौथो बिरामीको शय्या शुल्क, पाँचौ खाजा र खानासहित चार छाक निःशुल्क रहेको प्रवक्ता डा।पौडेलले बताए। त्यस्तै, छैटौं चिकित्सक तथा नर्सको राउन्ड, सेवा र सातौं अक्सिजन सेवा निःशुल्क रहेको छ।

यसबाहेक कोभिड–१९ उपचारमा आवश्यक पर्नसक्ने आईसीयूबाहेक बिारमीमा पीसीआर, रेम्डेसिभिर, प्लाज्मा थेरापी, सिटी स्क्यान र हायर एन्टिबायोटिक्समा भने शुल्क लाग्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ।

कोभिड–१९ उपचारमा शुल्क लिने अस्पताललाई कारबाही गर्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ।