१३ बैशाख २०८१, बिहीबार

विमान दुर्घटना, १२ जनाकाे मृत्यु

57838274 101

म्यान्मारको मन्डाले क्षेत्रमा सैनिक विमान दुर्घटना भएकाे छ । प्रतिकूल मौसमका कारण बिहीबार बिहान एउटा सैनिक दुर्घटनाग्रस्त भएको अन्तर्राष्ट्रिय समाचार माध्यमहरूले जनाएका छन् ।

सेनाका प्रवक्ता मेजर जनरल ज मिन टुनले विमानमा सवार रहेका सबै जनाकाे मृत्यु भएकाे हुन सक्ने बताउनुभयाे । खाेज उद्वारकाे काम जारी रहेकाे उहाँकाे भनाइ छ । तर मन्डालेस्थित अग्नि नियन्त्रक विभागले सामाजिक सञ्जालमा पोष्ट गरेको तस्वीरमा विमानमा सवार सबै १२ जनाको मृत्यु भएको जनाइएको छ । राजधानी नापिटअबाट पिइन ऊ एल्वीनतर्फ उडिरहेको उक्त विमान स्थानीय समय अनुसार बिहान करिब ८ बजे दुर्घटनाग्रस्त भएको थियो ।

MYANMAR PLANE CRASH
myanmarplanecrash 04

    सम्बन्धित समाचार...