२५ बैशाख २०८१, मंगलवार

एक हप्तामा दुईपटक मन्त्रिमण्डल विस्तार, अघिल्लो मन्त्रिपरिषद पुनर्गठनका बिरुद्ध सर्वोच्च अदालतमा मुद्धा

oli 7 min r8lyTn8yFW

प्रधानमन्त्री केपी शर्मा ओलीले एक हप्तामा दुईपटक मन्त्रिमण्डल विस्तार गरेका छन् । उनले आज सात जना मन्त्री र एक जना राज्यमन्त्री नियुक्त गरेका हुन् । नवनियुक्त मन्त्रीको शपथ आजै हुने बताइएको छ ।

अघिल्लो मन्त्रिपरिषद पुनर्गठनका बिरुद्ध सर्वोच्च अदालतमा परेको मुद्धामा लिखित जवाफ पेश नगरी प्रधानमन्त्री केपी शर्मा ओलीले पनः मन्त्रीमण्डल बिस्तार गरेका हुन् । उनले यहि जेठ २१ गते जसपाको महन्थ ठाकुर समूहलाई समेटेर मन्त्रिमण्डल पुनर्गठन गरेका थिए ।

संसद बिघटन गरेर निर्वाचनको घोषणा गरेको अवस्थामा कामचलाउमा परिणत भएको सरकारले गरेको मन्त्रिपरिषद बिस्तार असंवैधानिक भएको भन्दै सर्वोच्च अदालतमा रिट परेको थियो ।

मन्त्रिपरिषद् विस्तारविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, राजकुमार सुवाल, शालिकराम सापकोटा, सीतादेवी अधिकारी, कञ्चनकृष्ण न्यौपाने र वीरेन्द्रप्रसाद शाह लगायत कानुनव्यवसायीले सर्वोच्चमा रिट दायर गरेका थिए । उक्त रिटमाथि सुनुवाई गर्दै सर्वोच्चले १५ दिनभित्र लिखित जवाफ पेश गर्न सरकारलाई आदेश दिएको छ ।

सरकारले अहिलेसम्म अदालतलाई लिखित जवाफ पेश गरेको छैन । तर,आदेश आएको दुई दिन नबित्दै ओलीले मन्त्रिपरिषद बिस्तार गरेका हुन ।आज नियुक्त भएका मन्त्रीहरुमा अधिकांश नयाँ अनुहार रहेका छन् । जनता समाजवादी पार्टीका राजकिशोर यादव उद्योग मन्त्री भएका छन् । त्यस्तै माओवादी परित्याग गरी एमाले प्रवेश गरेका पूर्वगृहमन्त्री रामबहादुर थापा बादलकी पत्नी नैनकला थापा सञ्चारमन्त्री भएकी छन् ।

वनमा नारदमनि राना, कृषि ज्वालाकुमारी शाह, सामान्य प्रशासनमा गणेश पहाडी, मोहन बाँनिया, प्रधानमन्त्री कार्यालय र आशा विक वनराज्यमन्त्रीमा नियुक्त भएका छन् । प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद विस्तार गर्ने क्रममा रक्षा मन्त्रालय भने आफैँसँग राखेका छन् ।