१५ चैत्र २०८०, बिहीबार

जाहन्वी कपूर- आमा ! म तिमीलाई हरेक दिन याद गर्छु

Jhanvi Kapoor

बलिउड अभिनेत्री श्रीदेवीको २४ फेब्रअरीमा पर्ने पुण्यतिथिमा छोरी जाहन्वीले आमाको यादमा भावुक हुँदै सामाजिक सञ्जालमा तस्बिर शेयर गरेकी छिन् ।

सन् २०१८ मा एक विवाह समारोहमा सहभागी हुन युएई गएकी श्रीदेवीको होटलको बाथटबमा डुबेर मृत्यु भएको थियो ।

उनलाई थुप्रै देशका प्रशंसकले श्रद्धान्जली दिएका थिए ।

जाहन्वीले पुण्यतिथिको दिन आफ्ना बच्चा बेलाको तस्बिर शेयर गरेकी छिन् । तस्बिर शेयर गर्दै लेखेकी छिन्, ‘आमा !म तिमीलाई हरेक दिन निकै याद गर्छु ।’

श्रीदेवीको अचानक भएको मृत्युले धेरैलाई पीडा दिएको थियो । उनी बलिउडकी नक्षेत्र हुन् । आज पनि धेरैले उनलाई याद गर्छन् । एजेन्सी

https://www.instagram.com/p/B87A1cLFUpX/?utm_source=ig_web_copy_link