१६ चैत्र २०८०, शुक्रबार

बँदेललाई थापेको पासोमा परी एकको मृत्यु

death
सांकेतिक तस्विर

उदयपुरमा जंगली बँदेललाई थापेको विद्युतीय धरापमा परी एकजनाको ज्यान गएको छ । जंगली बँदेलले खेतबारीको मकै धमाधम नष्ट गर्न थालेपछि बँदेल तर्साउन थापेको विद्युतीय धरापमा परी त्रियुगा नगरपालिका ९ राजाबासका ५४ वर्षीय जगदिश पोखरेलको ज्यान गएको प्रहरीले जनाएको हो ।

बुधबार राति आफ्नै मकैबारीमा विच्छ्याएको विद्युतीय धराप बिहान निकाल्न जाँदा करेन्ट लागि घाइते भएका पोखरेलको जिल्ला अस्पतालमा उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।