
चितवनमा लागु औषध कारोबारमा संलग्न एक युवती पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका १६ घर भइ हाल वडा नम्बर २ मा डेरा गरी बस्ने २५ वर्षीया एलिसा कुँवर रहेकी छिन् ।
कुँवतलाई मंगलबार दिउँसो उनकै कोठाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । प्रहरीका अनुसार उनलाई डाएजेपाम ८४ एम्पुल, नूफिन ८२ एम्पुल र फेनेरगन ८१ एम्पुल गरी जम्मा २४७ एम्पुल प्रतिबन्धित लागु औषधसहित पक्राउ गरिएको हो ।
पक्राउ परेकी युवतीको साथबाट एक थान मोबाईल १७ हजार ५२५ रुपैयाँ पनि बरामत भएका छमन् । युवतीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।