८ बैशाख २०८१, शनिबार

आपसमा नमिल्ने तर विरोधीसँग मिल्न तयार हुने ओली,नेपाल र खनाल पार्टी एकताका बाधक

yogesh bhattarai
फाइल फोटो

नेकपा एमालेका नेता योगेश भट्टराईले पार्टीका शीर्ष नेता आफूहरु नमिल्ने तर विपक्षी दलसँग गठबन्धन गर्न तयार हुने समस्याले नै एमाले एकता हुन नसकेको बताएका छन् । पछिल्लो समय मध्यमार्गी धारमा रहेर पार्टी एकताको लागि सघन छलफलमा रहेका भट्टराईले आज विहान आफ्नो धारणा सार्वजनिक गर्दै एमाले एकताको समस्याका मूल जड भनेकै केपी ओली झलनाल खनाल र माधव नेपालसँग मिल्न तयार नहुने र झलनाथ माधव ओलीसँग मिल्न तयार नहुनु नै रहेको बताएका हुन् ।

भट्टराईले भनेका छन्– कमरेड केपी ओली आफ्नै पार्टीका बरिस्ठ नेता कमरेड जे एन खनाल र कमरेड माधव नेपालसँग सहकार्य गर्न तयार नहुने तर महन्त ठाकुर र राजेन्द्र महतोसँग सत्ता साझेदारी र अन्य बिषयमा गठबन्धन गर्न तयार हुने । कमरेड जेएन खनाल र माधव नेपाल आफ्नै पार्टीका अध्यक्ष कमरेड केपी ओलीसँग मिल्न तयार नहुने तर शेर बहादुर देउवा, प्रचण्ड र उपेन्द्रसँग सत्ता साझेदारी र अन्य विषयमा गठबन्धन गर्न तयार हुने । कस्ले, किन र के का लागि गर्दैछ यो सवै ?