
कैलालीमा आफ्नै साथीको हत्या गर्ने १ जना पक्राउ परेका छन् । कैलाली कैलारी गाउँपालिका ४ के गाउँ बस्ने ३९ बर्षका सोम बहादुर बस्नेतलाई प्रहरीले पक्राउ गरेको हो ।
लम्कीचुहा नगरपालिका वडा न. २ मोतिपुर स्थित पदम बहादुर बुढा क्षेत्रीको घरमा बिगत १ महिना देखी डेरा कोठा गरी बस्दै आएका ज्याला मजदुरीको काम गर्ने अन्दाजी बर्ष ३६ को बिशाल बुढाथोकीको हत्या गरेको आरोपमा उनी पक्राउ परेका हुन् ।
टाउँकोको पछाडी घाउँ चोट रहि मृत अवस्थामा फेलापरेको घटना अनुसन्धान गर्दै जाने क्रममा घटनापश्चात भागी फरार भएका दुवै संगै डेराकोठामा बस्ने उनलाई पक्राउ गरेको हो ।
बस्नेतलाई ईलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरी टोलीले बिरेन्द्र सामुदायीक बनमा लुकिछिपी बसेको अवस्थामा आज पक्राउ हो ।
आइतबार बेलुकी मृतक बुढाथोकीसंगै बस्नेतलेसोहि डेरा कोठामा बसि घरेलु मदिरा सेवन गरी दुबै जना बिच बाद बिबाद हुदाँ घरकोठामा रहेको फलामको कर्नीले टाउँकोमा हिर्काई सोही चोटका कारण बुढाथोकीको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय कैलालीले जनाएको छ ।
घटनास्थलबाट कर्नी समेत बरामद गरी घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।