१६ चैत्र २०८०, शुक्रबार

कैलालीमा लागुऔषधसहित ३ जना पक्राउ

196023406 1856833311162593 441707016338064483 n 20210608160612

कैलाली प्रहरीले लागुऔषधसहित ३ जनालाई पक्राउ गरेको छ।

जिल्लाको धनगढी उपमहानगरपालिका–२ कृष्णनगर टोलबाट २ महिला र १ पुरुष गरी ३ जनालाई पक्राउ गरिएको हो।

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–२ का २५ वर्षीय सञ्जीव सिंह, धनगढीकै २० वर्षीया मैना साउद र डेरा गरी बस्ने बैतडीकी ३५ वर्षीया लक्ष्मी भट्ट रहेका छन्।

उनीहरुको साथबाट ६ ग्राम १ सय ७५ मिलीग्राम ब्राउनसुगर, ६ ट्याब्लेट नाईट्रोभेट र १ थान डिजीटल तराजु फेला पारेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

सोमबार पक्राउ परेका उनीहरुमाथि अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले बताए।