१३ बैशाख २०८१, बिहीबार

लोकतन्त्रमा जनता बोल्ने हो..नेता सुन्ने हो : राजेश हमाल

rajesh hamal
फाइल फोटो

पछिल्लो समय नेपाली राजनितिलाई नियाली रहेको अभिनेता राजेश हमालले सामाजिक संजालको माध्यमबाट देशको राजनीतिक घटना, समसामयिक घटना र विभिन्न बिषयमा आफ्नो भनाई राख्दै आएका छन् । उनले सरकार तथा राजनितिक दललाई आफ्नो स्वार्थमा नलागी कोरोनाको खोप आम नेपालीलाई पुग्ने किन्न र कुटनितिक पहलबाट खोप माग्न आग्रह पनि बेला बेलामा गर्दै आएका छन् ।

उनले सधैँ निषेधाज्ञा तथा लकडाउन गरेर कतिन्जेल घरमा जनतालाई थुन्ने भन्दै केहि दिन अगाडी सामाजिक सञ्जालमार्फत सरकारलाई प्रश्न गरेका थिए । उनले फेरि हिजो साँझ सामाजिक फेसबुकमार्फत आफ्ना भनाइहरु राखेका छन् । अभिनेता हमालले सामाजिक संजालमा आफ्नो भनाई राख्दै लोकतन्त्रमा जनता बोल्ने र नेताले सुन्ने गर्नुपर्ने बताएका छन् । तर, कतै यो नेपालमा भने विपरित त भैरहेको छैन भनेर राजेशले शंका व्यक्त गर्दै सामाजिक सञ्जालमार्फत सोधेका छन् । उनले, जनताले यस्तो समयमा आफ्नो दायित्व निर्वाह गर्नुपर्ने पनि उल्लेख गरेका छन् ।
उनले गणतन्त्रमा जनताले बोल्ने नेताले सुन्नुपर्नेमा ठिक उल्टो भइरहेको उल्लेख गरेका छन् ।

नेपालको राजनीतिक अवस्थाले जनताको जीवन झनै कष्ठकर बनिरहेको समयमा नायक हमालले नेपालमा जनताले बोल्नुपर्ने अवस्थामा नेताले बोल्ने र जनताले सुन्ने गर्नुपर्ने अवस्था श्रृजित भएको बताएका छन् । उनी करिव चारवर्षपछि फिल्म चलचित्र ‘सत्यम्’को छायांकनको प्रतिक्षामा रहेका छन् । तर, कोरोना र निषेधाज्ञाका कारण छायांकन हुन सकेको छैन ।