१५ चैत्र २०८०, बिहीबार

सुनचाँदीको मूल्यमा गिरावट

gold

सोमबार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९३ हजार ८०० रुपैयाँ कायम भएको छ भने, तेजाबी सुन प्रतितोला ९३ हजार ३०० रुपैयाँ कायम भएको छ ।

आइतबारको तुलनामा सोमबार सुन प्रतितोला ३०० रुपैयाँले घटेको हो ।

महासंघका अनुसार आज चाँदी प्रतितोला ५ रुपैयाँले घट्दै एक हजार ३५० रुपैयाँ कायम भएको छ ।