१४ बैशाख २०८१, शुक्रबार

स्वास्थ्य मन्त्रालय भन्छ : ‘संक्रमणदर २९ प्रतिशतमा झऱ्यो’

helth ministry office nepal

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोना संक्रमणदर २९ प्रतिशतमा झरेको जनाएको छ । केही साता अघि ४७ प्रतिशत पुगेको दैनिक संक्रमणदर घटेर २८ दशमलव ९ प्रतिशतमा झरेको हो ।

पछिल्लो २४ घण्टामा गरिएको १० हजार ४ सय ७१ पीसीआरबाट ३ हजार २४ तथा ३ हजार २ सय ६२ एन्टिजेन परिक्षणबाट ४ सय ५५ गरि जम्मा ३ हजार ४ सय ७९ जनामा संक्रमण पुष्टी भएको मन्त्रालयले जनाएको छ ।

२४ घण्टाको अवधीमा संक्रमणमुक्त हुनेको संख्या ६ हजार ६ सय ३६ छ । केही साताअघि १ लाख १७ हजार नाघेको सक्रिय संक्रमितको संख्या समेत उल्लेख्य घटेर ८९ हजार २ सय १७ मा झरेको छ ।

काठमाडौंमा मात्र १२ हजार ६ सय ७२, भक्तपुरमा ३ हजार ८ सय १२ तथा ललितपुरमा ४ हजार ९ सय गरि काठमाडौं उपत्यकामा २१ हजार ४ सय २७ सक्रिय संक्रमित रहेका छन् । आईसीयुमा १ हजार ४ यस ४२ र भेन्टिलेटरमा ३ सय ८१ जनाको उपचार भइरहेको छ ।