८ बैशाख २०८१, शनिबार

८० हजार छुन लाग्यो सुनको मूल्य

gold price nepal

दिनानु अकाशिदैँ गईरहेको सुनको भाउ आईतार पनि तोलामा ७ सय रुपैयाँ बढेको   नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

९ फागुनमा सुन प्रतितोला ७८ हजार १०० रूपैयाँमा कारोबार भएको थियो।

आज छापावाला सुन प्रतितोला ७०० रूपैयाँ बढेर ७८ हजार ८०० रूपैयाँ कायम भएको छ। यो अहिलेसम्मकै उच्च मूल्य हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुन ७८ हजार ५०० रूपैयाँ पुगेको छ। तेजाबी सुन शुक्रबारको तुलनामा प्रतितोला ७०० रूपैयाँले बढेको महासंघले जनाएको छ।

यस्तै, आज चाँदीको मूल्य ५ रूपैयाँले बढेर प्रतितोला ९१५ रूपैयाँमा निर्धारण भएको छ। सुनको भाउ दिनदिनै बढ्दै जाँदा दैनिक कारोबारमा प्रभाव पर्न थालेको छ।

यसअघि दैनिक ४० देखि ५० किलोसम्म सुन बिक्री हुँदै आएपनि हाल २० किलोभन्दा माथिको कारोबार हुन छाडेको व्यवसायीहरुले बताएका छन्।