१५ चैत्र २०८०, बिहीबार

बालमन्दिरका ५२ बालबालिका कोरोना संक्रमणमुक्त

Kritipur discharge balbalika 1024x607 1

बालमन्दिर नक्साल र सिफलका ५२ जना बालबालिका कोरोना संक्रमणमुक्त भएका छन् ।

बाल गृहमा बसिरहेका बालबालिकाहरुलाई १० दिन अघि कोरोना संक्रमण पुष्टि भएको थियो ।

कोरोना संक्रमण देखिएपछि कीर्तिपुरको आयुर्वेदिक अस्पतालको आइसोलेसन सेन्टरमा भर्ना भएका बालबालिकाहरु शनिबार बालमन्दिर फर्किएका छन् ।