१६ चैत्र २०८०, शुक्रबार

प्रधानमन्त्री ओलीले मधेशको माग मुद्धालाइ अघि बढाएकाले सरकारमा सहभागी भए : महन्थ ठाकुर

Untitled 1 750x375 1

जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले मधेशका माग मुद्धालाई प्रधानमन्त्री ओलीले अघि बढाएकाले सरकारमा सहभागी भएको बताउनुभएको छ ।

शनिवार जसपा पार्टी कार्यालयमा नवनियुक्त मन्त्रीहरुलाई गरिएको स्वागत कार्यक्रममा अध्यक्ष ठाकुरले आफुहरुको केहिमाग पुरा भएको र केहि माग पुरा हुन बाँकी रहेकाले सरकारमा सहभागी भएको बताउनुभएको हो । उहाले आफुहरुले लामो समयदेखि राख्दै आएको मागलाई सकेसम्म पुरा गर्ने आश्वास प्रधानमन्त्रीबाट आएको जिकिर गर्नुभयो । अध्यक्ष ठाकुरले रेशम चौधरीलाई लगाएको मुद्धा, नागरिकता लगाएतका बिषय सरकारबाट सम्बोधन हुने क्रममा रहेको बताउनुभयो । उहाले केहि व्यक्तिले नागरिकलाई राष्ट्रियतासंग जोडेर हेरेका कारण समस्या देखिएको धारणा राख्नुभयो ।

कार्यक्रममा जसपा वरिष्ठ नेता एवं उपप्रधान तथा शहरी विकासमन्त्री राजेन्द्र महतोले संविधानमा आवश्यक संशोधनको कामका लागि सरकारमा बसेर पहल गर्ने बताउनुभयो । आफुहरुको माग मुद्धालाई पुरा गर्नका साथै पार्टीको आगामी मिसन प्राप्तीका लागि पनि सक्षमताका साथ काम गर्ने उहाले बताउनुभयो । महत्तोले पार्टीे विभाजित अवस्था देखिएकाले निर्वाचन आयोगबाट बैधानिकता लिने स्पष्ट पार्नुभयो ।

नवनियुक्त मन्त्रीहरुलाई सबैभन्दा पहिले पाटीको नीतिलाई मुख्य ध्यानमा दिँदै काम गर्न पनि उहाले निर्देशन दिनुभयो । त्यस्तै उहाले हिमाल पहाड तराईका क्षेत्रबाट जसपाप्रति भरोसा हुने गरि जनताको सेवा लाग्ने जिकिर गनुृभयो ।