१५ बैशाख २०८१, शनिबार

विष्णुप्रसाद पाैडेल, राजेन्द्र महतो र रघुवीर महासेठले लिए उपप्रधानमन्त्रीले शपथ

1622819097 Shapath DPM

सरकारका तीन उपप्रधानमन्त्रीले शपथ लिएका छन्। उपप्रधानमन्त्रीहरू विष्णुप्रसाद पाैडेल, राजेन्द्र महतो र रघुवीर महासेठले राष्ट्रपति कार्यालय शीतल निवासमा शुक्रबार साँझ आयोजित समाराेहमा पद तथा गोपनीयताको शपथ लिएका हुन्।

पाैडेललाई अर्थ, महतोलाई शहरी विकास र महासेठलाई परराष्ट्र मन्त्रालयकाे पनि जिम्मेवारी छ। शुक्रबारको मन्त्रिपरिषद् पुनर्गठनमा अर्थमन्त्री पाैडेल उपप्रधानमन्त्रीमा समेत बढुवा भए भने महतो र महासेठ नयाँ मन्त्रीका रुपमा थपिए।

जसपाबाट उपप्रधानमन्त्रीसहित ८ मन्त्री र २ राज्यमन्त्री बनेका छन्। महासेठ यसअघि ओलीको पहिलो मन्त्रिमण्डलमा भाैतिक पूर्वाधार मन्त्री थिए। तर, पुनर्गठनका बेला उनी बाहिरिएका थिए।

यसअघिका उपप्रधानमन्त्री ईश्वर पोखरेललाई भने मन्त्रीबाटै विदा गरिएको छ।