६ चैत्र २०८०, मंगलवार

प्रियंकालाई चुनौती दिदै “बोकाज”का बिचमा आयुष्मान

priyanka deshraj

नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज श्रेष्ठ जोशीले फागुन १५ मा लगनगाँठो कस्दै छन् । करिब एक वर्षअघि इन्गेजमेन्ट गरेको यो जोडीको विवाहले मनोरञ्जन बजार तातेको छ ।

उनीहरुले आफ्नो बिहेलाई हरेक कोणबाट अविस्मरणिय बनाउने तयारी गरिरहेका छन् । तर, कतिपय क्रियाकलाप भने ट्रोलको शिकार पनि भैरहेका छन् ।

प्रियंका कार्की आफ्ना पाँचजना ‘लेडी ग्याङ्ग’ लिएर थाइल्याण्डमा ब्याचलोरेट पार्टी मनाउन पुगेकी थिइन् । त्यतिबेला उनीहरुले सोसल मिडियामा पोष्ट गरेका तस्बिर तथा भिडियोले अत्यधिक चर्चा बटुलेको थियो ।

अब अहिले आयुष्मान देशराज आफ्ना पाँचजना साथीसहित पोखरामा ब्याचलर्स पार्टी मनाइरहेका छन् ।

यतिबेला सामाजिक संजालमा केही तस्वीरले चर्चा पाइरहेको छ । तर, यी तस्वीर प्रियंका र उनका साथीहरुको होइन । बरु, नायक आयुष्मान देशराज जोशी र उनका साथीहरुको हो । जहाँ, उनीहरुले प्रियंका र उनका साथीहरुले थाइल्याण्डमा खिचाएका तस्वीरको नक्कल गरेका छन् ।

प्रियंकाको टिमले जस्तो पोजमा तस्वीर खिचाएको थियो, आयुष्मानको टिमले पनि यस्तै पोजमा तस्वीर खिचाएको छ । आयुष्मानसँग उनका भाई नायक आशिरमान देशराज जोशी पनि छन् ।

आयुष्मानले आफ्नो इन्स्टाग्राम अकाउन्टमा जुन तस्बिर पोष्ट गरिरहेका छन् ती निकै रमाइला छन् । रमाइला यसकारण कि आयुष्मानसहित उनका साथीहरुले प्रियंकाका ब्याचलोरेट पार्टीका केही तस्बिर ‘रिक्रिएट’ गरेका छन् । अहिलेसम्म उनीहरुले पाँचवटा तस्बिर रिक्रिएट गरेका छन् जुन हेर्दा निकै फन्नी छन् ।

प्रियंका आफैले सार्वजनिक गरेको तस्वीर अहिले सामाजिक संजालमा ट्रोलको शिकारमा परेको छ । सायद, आलोचना नै सही, प्रियंका र आयुष्मान बिहेको हल्ला खुबै गराउन चाहन्छन् ।

यसमा उनीहरुले प्रियंका र उनका साथीहरुले जे गरेका छन्, त्यो हुबहु नक्कल गर्ने कोसिस गरेका छन् ।

तस्बिर पोष्ट गर्दै आयुष्मानले कसले राम्रो गर्‍यो भन्दै प्रश्न पनि सोधिरहेका छन् ।

प्रियंकाले आयुष्मानका तस्बिरले आफ्नो अभ्यास भंग भएको बताएकी छिन् । उनले लेखेकी छिन्, ‘म आफ्ना साथीहरुसँग संगीतको प्राक्टिस गरिरहेको थिएँ र हामीले यो देख्यौं १ मलाई विश्वास गर्नुहोस्, एकछिन प्राक्टिस भंग भयो ।’

प्रियंकाको यो दोस्रो विवाह हो। उनले अमेरिका बसाइका क्रममा उतै बस्ने नेपालीसँग विवाह गरेकी थिइन्। दुवैको सम्बन्ध लामो समय टिक्न सकेन र डिभोर्सपछि प्रियंका नेपाल फर्किएर चलचित्र क्षेत्रमा सक्रिय भएकी थिइन्।

    सम्बन्धित समाचार...