१३ बैशाख २०८१, बिहीबार

कोरोना संक्रमणबाट पूर्वसांसद तामाङको निधन

bishnulal tamang 750x375 1

कोरोना संक्रमणका कारण पूर्वसांसद विष्णुबहादुर तामाङ (वीएल वाइवा)को निधन भएको छ ।

नेकपा माओवादी केन्द्रको पोलिटब्यूरो सदस्य वाइवाको बिहीबार साँझ ६:२० बजे झापाको दमकस्थित आम्दा अस्पतालमा उपचारको क्रममा निधन भएको हो । उनी उच्च रक्तचाप र मधुमेहका पनि बिरामी थिए । उनी २०४८ सालको आम निर्वाचनमा सिराहाको तत्कालीन निर्वाचन क्षेत्र नं. ५ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए । २००० साल फागुनमा जन्मिएका तामाङ वामपन्थी नेता जयगोविन्द शाहको नेतृत्वमा ग्रामीण वर्गसंघर्ष हुँदा ‘तमसुक फट्टा’ आन्दोलनमा सक्रिय भएर उत्पीडित वर्गको पक्षमा उभिएका थिए । यसैबीच नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले शोक विज्ञप्ति निकालेर तामाङको निधनबाट नेपाली राजनीतिले सच्चा राष्ट्रवादी नेता गुमाएको भन्दै दुःख व्यक्त गरेका छन् । प्रचण्डले उनलाई सादा जीवन, सरल र जुझारु तथा किसान र मजदुरबीच लोकपि्रय नेताको रुपमा स्मरण गरेका छन् ।