१३ बैशाख २०८१, बिहीबार

दशगजाबाट रक्सी बरामद

baramad 750x375 1

पर्साको भिष्वा बञ्जारीबाट प्रहरीले ३ सय कार्टुन कस्तुरी रक्सी नियन्त्रणमा लिएको छ ।

छिपहरमाई गाउँपालिका–२ भिष्वा बञ्जारीबाट प्रदेश २–०३–००१ थ ०००१ नम्बरको ट्याक्टरमा रहेको ३ सय कार्टुन कस्तुरी रक्सी बिहीबार बिहान प्रहरीले नियन्त्रणमा लिएको हो । अवैधरूपमा कस्तुरी रक्सी भारततर्फ लगिरहेको भन्ने विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको प्रहरीले ३ सय कार्टुन कस्तुरी रक्सी बिहीबार बिहान प्रहरीले नियन्त्रणमा लिएको हो । ट्याक्टरलाई दशगजा क्षेत्रमा रोक्ने क्रममा चालक तत्काल फरार भएपछि ट्याक्टर तलासी गर्दा रक्सी बरामद भएको हो । बरामद रक्सी र ट्याक्टरलाई आवश्यक कारवाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा पठाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । ट्याक्टर धनी तथा चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।