१३ बैशाख २०८१, बिहीबार

काठमाडौंमा झण्डै दुई महिना मेलम्चीमा पानी नआउने

melamchi
फाइल फोटो

मेलम्चीको पानी बितरण आगामी असार १ गतेदेखि झण्डै दुई महिना पानी रोकिने भएको छ । सुरुङमार्गको परीक्षण कार्यविधि (प्रोटोकल) पुरा गर्नपर्ने भएकाले सुरुङमा असार १ गते देखि मेलम्चीको पानी पठाउन बन्द गर्न लागिएको हो ।

कार्यविधीअनुसार सुरुङमार्गको परीक्षण गर्न लागेको मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले जानकारी दिए । सुरुङमा पानी परीक्षण सफल भएपछि मात्र पानी पठाउनुपर्ने भएकाले झन्डै दुई महिना बन्द हुने उनको भनाइ छ ।

प्रवक्ता पन्तले भने सुख्खायाम सूरु भइसकेको हुनाले तुरुन्तै खाली नगरेर पानी नै चलाइदियौ । अब पानी परीक्षण सफल भएपछि पुनः सुचारु गर्ने हो ।’ अब ठेक्का सम्झौता पनि समापन गर्नुपर्ने भएकाले सुरुङमार्गको परीक्षण कार्यविधि (प्रोटोकल) पूरा गर्नुपर्ने उनले जनकरी दिए ।

त्यसका लागि कार्यविधि (प्रोटोकल) अनुसार सुरुङ खाली गरेर हेर्ने अनि सबै दुरुस्त भएको अवस्थामा फेरि पानी भरेर सूचारु गर्ने उनको भनाइ छ । उनले भने, ‘असार १ गतेदेखि पानी विस्तारै सुरुङबाट खाली गर्छौ र निरीक्षण गर्छौ । सबै ठिक भएपछि सधैका लागि पानी सूचारु गर्छौ ।’

अहिले सुरुङमा सफलतापूर्वक पानी चलिरहेको थियो । यद्यपि, आयोजनाले परीक्षणकै क्रममा पानी उपलब्ध गराएको हो । यो परीक्षण सफल भयो भएन भनेर सुरुङ खाली गरेर निरीक्षण गर्नुपर्ने प्रवक्ता पन्त बताउँछन् । सुरुङ खाली गर्न करिब १५ दिनको समय लाग्छ ।

निरीक्षण गर्दा दुरुस्त पाइयो भने फेरि सुरुङमा पनिभरि पुन पठाउने छाैँ । पुनः पानी वितरण सुचारु हुनेछ ।