८ बैशाख २०८१, शनिबार

साउदीमा गाडी, मोबाइल लगायत अन्य बिल भुक्तानी नगरेमा एक्जिट नपाइने

saudi arabia

साउदी सरकारले एक्जिट भिसा लगाउनअघि गाडी, मोबाइल, बैंक लगायत अन्यको बिल भुक्तानी गरेको हुनुपर्ने प्रावधान ल्याएको छ ।

उक्त प्रावधान साउदीस्थित पासपोर्ट महानिर्देशनालय (जवाजात)ले बुधबार सूचना निकालेको गजेटले प्रकाशित गरेको छ । गजेटले विदेशी नागरिकले साउदी छोड्ने भिषाका लागि आवेदन दिनअघि आफ्ना नाममा भएका गाडीका बिल, मोबाइल बिल, बैंकको कर्जा लगायत भुक्तानी गरिसक्नुपर्ने लेखिएको छ ।

यसअघि एक्जिट भिषाको लगाएको ६० भित्र साउदी छोड्नुपर्ने नियम भएपनि नयाँ प्रावधान अनुसार १५ भित्र छोडि सक्नुपर्ने छ । तोकिएको म्याद भित्र कामदारले साउदी नछोडेमा १ हजार रियाल जरिमाना तिर्नुपर्ने गजेट्मा उल्लेख छ ।

त्यसैगरी करार अवधि नसकिदै साउदी छोडेमा पुनः फर्किन नपाउने गरी प्रतिबन्ध लगाउन सकिने जवाजतको सूचनामा उल्लेख छ ।