१६ चैत्र २०८०, शुक्रबार

रोनाल्डोको १००० औं खेलमा युभेन्ट्स विजयी, रोनाल्डोको कीर्तिमानी गोल

ronaldo juventus

पोर्चुगिच फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोको कीर्तिमानी गोल गरेका छन् ।

सुपरस्टार क्रिस्टियानो रोनाल्डोले करियरको १०००औं खेल पूरा गरेको खेलमा युभेन्ट्सले एसपाललाई हराएको छ । इटालियन सिरी ‘ए’ अन्तर्गत आइतबार राति भएको खेलमा युभेन्ट्सले घरेलु टोली एसपाललाई २–१ गोलले हराएको हो ।

युभेन्ट्सको जितमा रोनाल्डोसँगै आरोन राम्सेले गोल गरे । एसपालका एन्ड्रिय पेटाग्नाले गोल गरेका थिए । करियरको १०००औं खेलमा रोनाल्डोले ३९औं मिनेटमा गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाए । रोनाल्डोले जुवान कोर्डाडोको पासमा गोल गरेका थिए । यससँगै रोनाल्डोले सिरी ‘ए’ मा लगातार ११ खेलसम्म गोल गर्ने खेलाडीको कीतीमान पनि बराबरी गरेका छन् ।

यसअघि ग्याब्रियल बाटिस्टुटा र फावियो क्वाग्लियरेल्लाको नाममा यस कीर्तिमान थियो । रोनाल्डोले अर्को खेलमा यस कीर्तिमान तोड्ने छनक देखिएको छ । उमेरले ३५ बर्षका रोनाल्डोको गति अझै रोकिएको छैन । उनले करियरमा सात सय २५ गोल गरेका छन् । रोनाल्डो दुई बर्षअघि युभेन्ट्स पुगेका थिए । रोचक खेलमा राम्सेले ६०औं मिनेटमा पाउलो डिबालाको पासमा गोल गर्दै युभेन्ट्सको अग्रता दोब्बर बनाए । ६९औं मिनेटमा एन्ड्रियले पेनाल्टी मार्फत गोल फर्काए पनि टोलीको हार टार्न सकेनन् ।

जितसँगै शीर्ष स्थानमा रहेको युभेन्ट्सले २५ खेलबाट ६० अंक बनाएको छ । दोस्रो स्थानमा रहेको जाजियोको एक खेल कम खेल्दै ५६ अंक छ । १५ अंक बनाएको एसपाल अन्तिममा छ । अन्य खेलमा एसी मिलान र फियोरेन्टिना तथा उडिनेस र बोलोग्नाले समान १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । एजेन्सी