८ बैशाख २०८१, शनिबार

लक्ष्मी भन्छिन् आज जिउँदै मृत्यु सम्म पुर्याउँछ भन्ने थाहा भए दोस्रो बिहे गर्दा जेलमा हाल्थे

डोटीको आदर्श गाउँपलिका वडा नम्बर ४ रोडिङ्गेमा बस्ने सन्तोष भाट सँग आज भन्दा आठ बर्ष अगाढी २० बर्षको उमेरमा हिन्दु परम्परा अन्तगर्त मागि बिवाह भएको थिगो लक्ष्मीको ।

उनि घरको माईलि छोरी उनले गाउँकै स्कुलमा कक्षा सात सम्म मात्रै पढेकी थिन । आमा सँगै घरायसी कामकाज गर्ने रहरले स्कुल जान छोडे भन्छिन् लक्ष्मी । बिवाह पछि नयाँ ठाउँ नयाँ मान्छे सँग परिचित भइन् उनि । सँगै जिउने सँगै मर्ने बाचासहित दुबै जनाको दिनचर्या दुखसुखका पल साटासाट गर्दै बितिरहेका थिए । जन्म घरलाई छोडेर कर्म घरमा श्रीमानको मायाले उनलाई लोभ्याई सकेको थियो । जन्म दिने आमा बुवाले जस्तै सानासाना कुरामा ख्याल् गर्ने श्रीमान पाएर आफुलाई भाग्यमानी ठान्दछिन् पत्येक दिन लक्ष्मी । घरकि कान्छि बुहारी श्रीमान,सासुससुरा सँगै रमाइलो गर्दै दिनहरु व्यतीत गरिरहेकि थिन ।

बिबाह गरेको एक बर्ष पछि पहिलो सन्ताको रुपमा छोरी पाए लक्ष्मी र सन्तोषले । उनिहरुका खुसिका पलहरु थपिदै गए । गाउँघरमा पुराना भनाईहरु छन पहिलो सन्तानको रुपमा छोरी पाउने आमा बुवा भाग्यमानी हुन यि र यस्तै कुराहरु मनमा खेलाउदै जतिबेला पनि खुसि देखिन थालिन् । काखमा छोरी विस्तारै हुर्किदै गइन् त्यसपछि लक्ष्मीले मेलापात,घरपरिवारको र छोरीको रेखदेख गर्दैमा समय गएको थाहै पाउदैन थिन् उनि । उनका सासुससुरा घरायसी काम गर्छन् सन्तोषले गाडी चलाउछन् उनको आफनै गाडी छ राति अबेरसम्म घर नजादा चिन्तित भएर सन्तोषको बाटो कुरेर सधै बसिरहन्थिन लक्ष्मी । यसरी उनको प्रेमिल सम्बन्ध अगाडी बढिरह्यो । उनिहरुले एक अर्काको मायामा कमि भएको कहिलै महसुस गरेनन् । श्रीमान र सासुससुराले आफु प्रति गरेको मायामा उनि असाध्यै खुसि थिन । पहिलो छोरीलाई ३ बर्ष पुगेपछि लक्ष्मीको अर्को छोरी जन्मिन् । हाम्रो समाजले छोरी एकभन्दा बढी भएपछि फरक नजरले हेर्छन तर उनका श्रीमान र सासुससुराले भने उतिकै माया ममता दिइरहेका थिए । यसपछि भने लक्ष्मीको जीवनमा एकाएक ठुलो समस्या आइलाग्यो अथाह माया गर्ने श्रीमानले गाउँ नजिकैको केटिसँग दोस्रो बिवाह गरे । लक्ष्मी र समाजका मानिसहरु चकित परे उनले दोस्रो बिवाह गरे भनेर ।

किनकी लक्ष्मीलाई सन्तोषले कहिले नराम्रो व्यवहारले हेरेको थिएन् अब लक्ष्मीका सबै खुसिहरु लुटिए । उनका प्रेमिल सम्बन्ध बालुवामा पानि विलीन भएजस्तै भए । के सोचेकी थिन उनले के भयो यो उनको जीवनमा पुणीमाको जुन जस्तै चम्किएको सम्बन्ध औँसिको रात जस्तै भयो अकस्मात् । सन्तोषले द्रोस्रो बिवाह गरेको स्थानियतह र उनका माइतिले थाहा पाए ।

उनको श्रीमानलाई बहुबिवाहको मुद्धा हाल्ने कुरा अगाढी बढायो यो कुरालाई रोक्न खोजिन उनले मुद्धा नहाल्ने भनिन् आखिर् पिडितले नै नमाने पछि अरुको केनै लाग्थ्योर त्यहाँ । बडो अच्मको प्रश्न खडा भयो लक्ष्मी प्रति तर लक्ष्मीले यसको जवाफ प्रेमिल तरिकाले दिइन् आफुले सारा चिज बिर्षेर केवल सन्तोषलाई मात्रै देखेको थिए आज उसले एउटा गल्ती गर्र्दैमा उसलाई जेलमा हाल्न नसक्ने कुरा आम मानिसको सामु प्रष्ट पारिन् । साच्चिकै भन्ने हो भने कति कोमल हुन्छन् नारीका रिदय् । सन्तोषले छोरीहरु र श्रीमतीलाई हेर्ने कुरा गरे ।

अब भने मुटुमाथि ढुङ्गा राखेर भएपनि जो एकपल नछुटिएका श्रीमान सासुससुरा बाट एक्लै बस्ने अठोट गरिन् । उनका दुुईवटा छोरीहरु बाजे बज्यै सँग बसे लक्ष्मी भने एक्लै बस्न थालिन् तर उनि पहिलै देखि ठुलो परिवारसँग बसेकी भएर उनलनई एक्लै बस्न भने सकस भयो । उनले सहाराको निम्ति भएपनि सानो खुद्रा पसलको लागि श्रीमान् सँग अपेक्षा गरिन् र सन्तोषले पसल थापिदिए । अब लक्ष्मीलाई पसलमा बसेर दिन काट्ने बाटो भयो । उनको श्रीमान कहिलेकाहीँ पसलमा आवत जावत गर्थे सन्तोषले कान्छि श्रीमतीको लागी पनि अलग्गै पसल थापिदिए । पहिलाको जस्तो कहाँ पाउथिन अब माया,ममता लक्ष्मीले तर पसल तिर भने आइरहन्थ्य सन्तोष ।

यहिँ बिचमा फेरि लक्ष्मीको छोरि जन्मिन् उनका अब तिन छोरीहरु भए । सन्तोषले छोरीहरु र उनको लागी केहि खर्च दिएपनि लक्ष्मीले पसलबाट गुजारा चलाउदै थिन् । सन्तोषले पसलतिर आएता पनि लक्ष्मीले खुलेर दुखसुख बाड्ने आट गर्न पहिले जस्तै चाहान्थिनन् । उनि पसलतिर आइरहदा पनि आफु एक्लै भएको महसुस गरिरन्छिन । बेलाबखत उनकी छोरिहरु आउने गर्छन पसलमा केहि खुसि छाउँछ । दोस्रो बिवाहले उनको प्रेममा धमिलो त आएको थियो तर पनि गत माघ महिना सम्म सन्तोष लक्ष्मी कहाँ गैरहन्थे । त्यहिँ बिचमा लक्ष्मी गर्भवती भइन् त्यसपछी भने लक्ष्मी प्रति सन्तोषले सँका गरेर पेटमा भएको बच्चा आफनो होइन भनेर दिनप्रति दिन उनलाई मानसिक याताना दिन थाले । यहीँ बिषय लिएर दुबैजनाको मनमुटाव झन बढन् थाल्यो । दोस्रो बिवाह गर्दा पनि श्रीमान प्रति परिवर्तन नभएको लक्ष्मीको मन अब भने एक अर्काले कोहि कसैको वास्ता नगर्ने भनेर माघ यता भेट भएको थिएन । एक्कासि यहिँ जेठ महिनाको १२ गते राति १२ः३० बजेतिर उनि पसलमा सुुतिरहेकै अवस्थामा जिउदैँ आगो लगाएर मार्ने प्रयास गरियो ।

लक्ष्मीले थाहा पाएपछि कोठा बाहिर आउन खोज्दा बाहिर बाट ढोका लगाएको थियो । उनले कोठाभित्र बाट नै आफुलाई बचाउन भनेर जोरजोरले चिच्याइन तर रातिको समय भएकाले छिमेकिले उनको चिचाहट् केहि समय पछि मात्रै सुने । छिमेकि आएको थाहा पाएर लक्ष्मी लाई आगो लगाउने मान्छे भागीसकेको थियो । लक्ष्मी र उनको डेढ बर्षकी छोरी पोलिएर क्षतविक्षत भईसकेका थिए त्यतिबेलासम्म । लक्ष्मी माथि यो प्रहार कसले गर्यो,को हो त्यो मानिस,उनलाई केहि थाहा छैन् । अधेरो भएकाले उनलाई त्यो मान्छे चिन्न गाह्रो भयो । आगोको जलन सँगै डरले थरथरी कामीरहेकी लक्ष्मी छिमेकिको सहारामा बसिन् त्यो रात उनलाई तुरुन्तै उपचारको लागि ल्याउन सजिलो थिएन् सदरमुकामबाट ३४ किलोमिटर टाढा थियो उनको घर ।

घटनाको दोस्रो बिहानै लक्ष्मीका ससुराले घटनाको बिषयमा थाहा पाए । छोरालाई फोन गरेर छटनाको बारेमा बताउनु भयो छोराले आफुले राति गाडी चलाएको हुनाले अनिदो छ म आउन सक्दिन भनेर फोन काटिदिएको कुरा उनका ससुरा भन्छन् । केहि समय पछि छिमेकिले फोन गर्दा सन्तोषको मोबाइल अफ थियो अनि वडा अध्यक्ष केहि छिमेकीले उनलाई डोटीको राजपुरमा रहेको सुजंंङ्ग अस्पतालमा ल्याइयो । लक्ष्मी र उनको छोरीको चेकजाचं गरेर त्यहाँ उनको उपचार सम्भव नभएको अस्पतालका प्रमुख अजुर्न बलायरले बताए । छोरिको अवस्था सामान्य भएयता पनि लक्ष्मीको शरिर भने ५४ प्रतिशत भन्दा बढी जलिसकेको हुनाले छिटोभन्दा छिटो उपचारको लागी बाहिर लैजान भन्नुभयो । लक्ष्मीको साथमा बुढा ससुरा मात्रै थिए आफुसँग आर्थिक अभाव र सँग गैदिने महिला मान्छे नभएर तुरुन्तै लैजान नस्कने केहि दिन सम्मको लागी सक्दो बुहारीको उपचार गर्न डाक्टर सँग आग्रह गरे लक्ष्मीका ससुराले ।

आर्थिक अभाव सँगै आफन्तहरुको सहायताको अभावले उपचारमा ढिलो भैरहदा उनको मनमा अथाह पिडा बल्झिन थाले अस्पतालको शैयांयमा छटपटिन थालिन लक्ष्मी । श्रीमानले आफु हुदाहुदै हर्को बिवाह गरेको ठुलो गल्तिलाई सामान्य ठानेर स्विकार गरेको प्रतिफल हो आज यो मैले भोगिरहेको भन्ने बल्ल महसुस गर्दैछिन् लक्ष्मी । थप उपचारको लागि बाहिर लैजान भनेको ५ दिन बितिसक्दा पनि न स्थानिय थहले चासो देखाउन थाल्यो नत सरोकारवाला हरु नै लक्ष्मीलाई भने अनेकौ पिडाले झनझन बढि पिरोल्न् थाल्यो । उनले आफु छोरिहरुकै लागि भएपनि बच्न् चाहान्छु भनेर सबै सँग अपिल थर्न थालिन् ।

लक्ष्मीको स्वास्थ्य अवस्था बझ्नको लागि र धोरै भएपनि आर्थिक सहयोग गर्न भनेर नेपालि कांग्रेसका नेता जित बहादुर खड्का अस्पतालमा जानुभयो उनको अवस्था दर्दनाक भएको देखेर तुरुन्तै एम्बुलेन्स को व्यवस्था गरेर लक्ष्मीलाई थप उपचारको लागी बाहिर लैजाने तयारी गरिरहदा वन तथा वातावरण मन्त्री प्रेम बहादुर आलेको पहलमा गृह्र मन्त्रालय बाट नेपालि सेनाको हेलिकप्टर पठाएर काठमाण्डौंको र्कीर्तिपुर अस्पतालमा लैजाने कुरा भयो हेलिकप्टरबाट छिटै अस्पताल पुगेर उपचार पाउने भएपछि एम्बुलेन्स रोकियो । केहि समयपछि हेलिकप्टर डोटीमा पुग्यो र लक्ष्मीलाई उद्धार गरियो ।

अहिले लक्ष्मीको उपचार सँगै स्वास्थ्यमा पनि सुधार आइरहेको लक्ष्मी सँगै उनको साथमा गएकी उनकी कान्छी सासु अन्जु भाटले बताइन् । स्थानिय सरकार सरोकारवाला हरुले चासो नदेखाए पनि ढिलै भए पनि नेपाल सरकारले उनको उपचारमा लागेको सम्पुर्ण खर्च व्यहोर्ने कुराले पिडित लक्ष्मी सँगै सबैलाई खुसि लागेको छ । एउटा खुसि सँगै अर्को विड्म्बना घटना घटेको आज ९ दिन बिति सक्दा पनि पुलिस प्रशासनले सन्तोषलाई समात्न सकेको छैन् ।

प्रहरी कार्यालय डोटीमा सन्तोष विरुद्ध ज्यानमार्ने उद्दोगमा मुद्धा दर्ता धैसकेको छ । आरोपी भाटको खोजिकार्य भैरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी गराइको छ । अस्पतालको शैयांबाट लक्ष्मी भन्छन् जसरि मेरो स्वास्थ्यको सबैले चिन्ता गरेर उपचार गर्न पाए त्यसरी हत्यारा सन्तोसलाई कानुनि कार्वाही गरिदिन अनुरोध गरिरहेकी छन् । – धनगढी खबर/ सरिता कठायत