
रुपन्देहीको भैरहवामा रहेको युनिभर्सल मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत एक चिकित्सकको कोभिड १९ को संक्रमणबाट मृत्यु भएको छ । उनको काठमाडौँको ग्राण्डी अस्पतालमा उपचारका क्रममा बुधबार राती मृत्यु भएको हो ।
शिक्षण अस्पताल भैरहवाका प्रशासन प्रमुख शुशिल गुरुङका अनुसार धेरै संक्रमितको ज्यान बचाएका डा. पशुपती रजौरियाको ३५ वर्षको उमेरमा कोभिडले मृत्यु भएको हो ।