७ बैशाख २०८१, शुक्रबार

बागमती प्रदेशमा एकै दिन २० जना कोरोना संक्रमितको मृत्यु

covid death

कोरोना संक्रमणका कारण बागमती प्रदेशमा एकैदिन थप २० जनाको मृत्यु भएको छ । योसँगै बागमती प्रदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २ हजार ४ सय ४४ जना पुगेको छ । पछिल्लो २४ घण्टामा प्रदेशका १३ जिल्लामा गरी ९ जना महिला र ११ जना पुरुषको संक्रमणका कारण मृत्यु भएको बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार, मृत्यु हुनेमा सबैभन्दा बढी काठमाडौंमा ५ जना महिला र ३ जना पुरुष गरी ८ जना रहेका छन् । त्यस्तै संक्रमणका कारण ललितपुरमा ४ जना, रामेछापमा ३ जना, काभ्रेमा २ जना, धादिङ, नुवाकोट र भक्तपुरमा १÷१ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । मृत्यु हुनेमा ३७ देखि ८४ वर्ष उमेर समुहका व्यक्तिहरु रहेको मन्त्रालयले जानकारी दिएको छ ।