७ बैशाख २०८१, शुक्रबार

प्रहरी हवल्दारको कोरोना संक्रमणबाट मृत्यु

117715121 961917527568992 1789271778455919992 o
फाइल फोटो

कोरोना भाइरसको संक्रमण भएका जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत नेपाल प्रहरीका एकजना हवल्दारको निधन भएको छ । जेठ १६ गते कोरोना पुष्टि भएपछि विराटनगरस्थित नोबेल मेडिकल कलेजमा उपचाररात प्रहरी हवल्दार ४० वर्षीय वेदराज भण्डारीको बुधबार बिहान मृत्यु भएको हो ।

कोरोना पुष्टि भएको भोलिपल्ट जेठ १७ गते अस्पताल भर्ना गरिएका हवल्दार भण्डारीको स्वास्थ्य अवस्था गम्भीर बनेपछि भेन्टिलेटरमा उपचार भइहरेको थियो । मधुमेहको पुरानै समस्या रहेका उनको उपचारको क्रममा मृत्यु भएको नोबेलका प्रबन्धक नारायण दाहालले जानकारी दिए ।
विराटनगर –३ घर भएका भण्डारी नेपाल प्रहरीको सीआरभी पोस्ट कटहरीमा कार्यरत थिए । उनलाई पहिलो पटक जेठ ३ गते कोरोनाको संक्रमण पुष्टि भपछि कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा भर्ना गरिएको थियो । उपचारपछि निको भएर कोरोनामुक्त हुँदै हवल्दार भण्डारी अस्पतालबाट जेठ १३ गते डिस्चार्ज पाएर फर्किएकोमा घरमै आराम गरिरहेका बेला फेरि कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएको थियो ।

पुनः पीसीआर परीक्षण गराउँदा जेठ १६ गते दोस्रो पटक उनको रिपोर्ट पोजिटिभ आएको आफन्तले जानकारी दिएका छन् ।

कोरोनाको दोस्रो भेरियन्ट सुरु भएयता मोरङमा २ प्रहरी निरीक्षकसहित ४१ प्रहरीमा संक्रमण पुष्टि भएको छ ।