१३ बैशाख २०८१, बिहीबार

एभर्टन छाडेर रियल मड्रिड फर्किए एन्सेलोटी

Carlo Ancelotti

रियल मड्रिडमा दोस्रोपल्ट मुख्य प्रशिक्षकको जिम्मेबारी पाउने भएपछि कार्लो एन्सेलोटीले इंग्लिस क्लब एभर्टनको जिम्मेबारीबाट राजीनामा दिएका छन् ।

६१ वर्षीय इटालियन प्रशिक्षकले सन् २०१३ देखि २०१५ सम्म दुई वर्ष स्पेनिस महारथीको प्रशिक्षण संहालेका थिए । एभर्टनको जिम्मेबारी लिएको १८ महिनामै उनी बाहिरिने निर्णयमा पुगेका हुन् ।

उनले जिनेदिन जिदानेलाई प्रतिस्थापन गनेछन् । यता एभर्टनले पाँच वर्षको अन्तरमा छैटौं प्रशिक्षक खोज्नुपर्नेछ । एन्सेलोटीले रियलमा तीन वर्षको सम्झौता गरेका छन् र यसलाई अप्रत्यासित अवसर भनेका छन् ।

‘मेरो मनमा एभर्टनसँग जोडिएका सबै व्यक्तिहरुप्रति सम्मान छ र आशा गर्छु सबै अवसरहरुमा टिमले सफलता पाओस,’ उनले भने, ‘म एभर्टनमा रमाइरहेको थिएँ । तर एउटा अप्रत्यासित अवसर ल्याइयो जुन मेरो र मेरो परिवारका लागि यो समय निकै जरुरी र सही कदम थियो ।’

रियलले बुधबार नै एन्सेलोटीलाई मिडियामा प्रस्तुत गर्नेछ । यता एभर्टनले भने आफूहरुले छिट्टै नयाँ प्रशिक्षक नियुक्ति प्रक्रिया सुरु गर्ने बताएको छ ।

    सम्बन्धित समाचार...