१३ बैशाख २०८१, बिहीबार

अभिनेता प्रमोद अग्रहरीको नवलपरासी स्थित पृथ्वीचन्द्र अस्पताललाई सहयोग

191451029 4262853950444296 5194773782513811497 n

पश्चिम नवलपरासीमा अक्सिजनको अभाव हुन नदिन परासी क्षेत्रका युवाहरुको सक्रियता जारी छ ।

पछील्लो समय नेपालमा कोरोना संक्रमित बढेसँगै देशभरका अस्पतालहरुमा भेन्टिलेटर, अक्सिजन लगायतका स्वास्थ्य सामाग्रीको अभाव भएपछि कलाकारहरुबाट सहयोग जुट्न थालेको छ ।

यसैक्रममा अभिनेता प्रमोद अग्रहरीले नवलपरासी स्थित पृथ्वीचन्द्र अस्पताललाई ३० वटा अक्सिजन सिलिन्डर सहयोग गरेका छन् l

रामग्राम २ परासी निवासी कलाकार अग्रहरीले परासी युवा समूहको व्यवस्थापनमा उक्त सहयोग गर्नुभएको हो । रिफिल गरिएका सिलिन्डर अस्पतालका निमित्त मेसु डा.मोहम्मद नुरुल होदालाई हस्तान्तरण गरिएको हो ।

परासी युवा समूहको व्यवस्थापनले अहिलेसम्म १५० अक्सिजनको सिलिन्डर सहयोग गरीसकेको छ l

अस्पतालमा उपचार गराईरहेका कोभिडका बिरामीले अक्सिजनको अभाव भोग्नु नपरोस् भनेर उक्त सहयोग गरेको कलाकार अग्रहरीले जानकारी दिए ।

कोभिडका बिरामीले अक्सिजनको अभावमा अकालमा ज्यान गुमाउन नपरोस भनेर सहयोगी हातलाई अघि बढाएको अग्रहरीले उल्लेख गरेका छन् l

दर्जनौ नेपाली फिल्ममा अभिनय गरेका अग्रहरीले उत्कृृष्ट खलपात्रको राष्ट्रिय अवार्ड प्राप्त गरेका छन् ।

अभियानमा परासी क्षेत्रका युवा, समाजसेवी, व्यवसायी, बुद्धिजिवी सबैको सहयोग रहेको अभियान्ता विकास घिमिरेले बताए ।