
विवेकशील साझा दलका नेता उज्वल थापाको निधन भएको छ ।
विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष उज्वल थापाको काठमाडौंको मेडिसिटी अस्पतालमा उपचार गराइरहेका आज निधन भएको विवेकशील साझाका सञ्चार विभाग सदस्य उदब भेटवालले नेपाल घटनालाई जानकारी दिए।
उनको उपचारका क्रममा मंगलबार अपराहृन ४ बजेर २५ मिनेटमा निधन भएको हो ।
४४ वर्षीय थापालाई कोरोना र निमोनिया देखिएकोमा सोमबार कोरोना नेगेटिभ आएको थियो।
थापालाई यसअघि ग्राण्डी र ह्याम्स अस्पतालमा पनि उपचार गरिएको थियो।
कोरोना संक्रमित भएर दुई सातादेखि उपचार गराइरहेका विवेकशील साझा पार्टीका पूर्वसंयोजक तथा विवेकशील नेपाली दलका संस्थापक अध्यक्ष उज्ज्वल थापाका लागि २४ घन्टामा ५० लाख रुपैयाँभन्दा बढी आर्थिक सहयोग संकलन भएको छ।
