८ बैशाख २०८१, शनिबार

बाँकेमा कोरोना संक्रमणबाट थप ४ जना मृत्यु

corona death
फाइल फोटो

बाँकेका विभिन्न अस्पतालमा उपचाररत थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सोमबार ५:३० बजे साँझदेखि मंगलबार बिहान ८ बजेसम्म यी संक्रमितको मृत्यु भएको छ।

जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीका अनुसार मृतक मध्ये २ जना बर्दिया, १/१ जना बाँके र कैलालीका छन् ।

योसँगै कोरोना संक्रमणबाट बाँके जिल्लाभित्रका २९४ पुगेको छ भने अन्‍य जिल्ला बाहिरका २९० जना कोरोना संक्रमतिको उपचारका क्रममा मृत्यु भएको छ ।