१४ बैशाख २०८१, शुक्रबार

नागरिकता विधेयकले ओलीको दोहोरो चरित्र झल्किन्छ :श्रेष्ठ

narayan kaji shrestha
फाइल फोटो

नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठले नागरिकता जस्तो संवेदनशील विषयलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ताको सौदाबाजीको विषय बनाएको आरोप लगाउनु भएको छ ।

सामाजिक सञ्जालमार्फत नेता श्रेष्ठले संसदमा प्रस्तुत गरिएको नागरिकता बिधेयक भन्दा फरक अध्यादेश लाइएको भन्दै उउहाँले यसमा ओलीको दाहोरो चरित्रसमेत झल्किएको टिप्पणी गर्नु भएको छ ।

‘नेपाली नागरिक सबैले सहजरुपमा नागरिकता पाउनुपर्छ। संविधानको प्रवाधान अनुसार नागरिकता ऐन छिटो बन्नुपर्थ्यो। यसमा कुनै विवाद छैन,’ श्रेष्ठले फेसबुकमा लेख्नु भएको छ , ‘तर नागरिकता जस्तो संवेदनशील बिषयलाई चौतर्फी बिरोधको घेरामा परेको कामचलाउ सरकारले अध्यादेशको रुपमा ल्याउनु र अझ सत्ताको सौदाबाजीको बिषय बनाउनु धोखा हो। प्रम ओली र सो गुट समेत सहमत भएर प्रस्तुत गरिएको नागरिकता बिधेयक भन्दा फरक अध्यादेश ल्याईएको छ।’

ओली र उहाँको गुटका मान्छेले केही समय अघि अहिले अध्यादेशमा समावेश गरिएका कतिपय बिषयको घोर बिरोध गरेका स्मरण गर्दै नेता श्रेष्ठले भन्नु भएको छ ‘प्रम र मन्त्रीहरुका त्यससम्बन्धी पहिलेको अभिब्यक्ति सामाजिक सञ्जालमा सस्वर ब्याप्त भैसकेकै छ। त्यसबारेमा केही भन्नु पर्दैनरु कुनै जिम्मेवारी लिनुपदैनरु पद र सत्ताको निम्ति जे पनि गर्ने कस्तो चरीत्र होरु यस्तो प्रवृत्ति र कार्यले राष्ट्रको हित गर्न सक्तैन।’