१५ चैत्र २०८०, बिहीबार

देउवालाई प्रधानमन्त्री नबनाइएको भन्दै गठबन्धनका शीर्ष नेता सर्वोच्च अदालत जाँदै

Dauba prachand madhav and upendra 1024x416 1

संविधानको धारा ७६ को उपधारा ५ बमोजिम वहुमत सांसदको हस्ताक्षर बुझाउँदा पनि कांग्रेस सभापति शेरवहादुर देउवालाई प्रधानमन्त्री नबनाइएको भन्दै विपक्षी गठबन्धनका नेता आज सर्वोच्च अदालत जाने भएका छन् । प्रतिनिधिसभा विघटन र मध्यावधि निर्वाचन घोषणा बदर गर्ने मागसहित रिट निवेदन लिएर देउवासहित माओवादी अध्यक्ष प्रचण्ड,एमाले नेता माधवकुमार नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादव अदालत जाने कांग्रेस नेता रमेश लेखकले जानकारी दिए ।

देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने १४९ जना सांसदको तर्फबाट रिट तयार भएको र सबैजना भौतिक रुपमा अदालतमा उपस्थित हुने बताइएको छ । गोविन्द बन्दी,खम्ब खाती लगायतका वकिलहरुले रिटको मस्यौदा तयार पारेका छन् । सिंहदरबार कांग्रेस संसदीय दलको कार्यालयमा विपक्षी सांसदहरूलाई अहिले विहान ११ बजे बोलाइएको छ । त्यहाँ रीटको ड्राफ्टमा हस्ताक्षर गरेर सर्वोच्च जाने भनिएको कांग्रेस सांसद प्रकाश रसाइलीले जानकारी दिए ।