१४ बैशाख २०८१, शुक्रबार

सेतो पदार्थ तान्नेलाई विमानबाटै निकालियो

95572945 9ef68d3a 8c84 4c9e 9c09 b07830286595

विमानभित्र कुनै पनि बेला नाकबाट केही तान्नु वा फाल्नु राम्रो बानी मानिँदैन । उडिरहेकै विमानमा एकजना यात्रुलाई कुनै शंकास्पद धूलो तथा सेतो पदार्थ नाकले तान्दै गरेको देखिएपछि उनीविरुद्ध गम्भीर अभियोग लगाइने भएको छ । साथै, ती पुरुषले मास्क लगाउन अस्वीकार गर्दै अन्य यात्री र चालक दलका सदस्यहरूसँग आक्रामक व्यवहार गरेको पाइएको छ ।

आइतबार अमेरिकाको न्युयोर्कबाट सान फ्रान्सिस्कोतर्फ उडिरहेको जेटब्ल्यु एयरलाइनकोे विमानभित्र यो अप्रिय घटना घटेको एबीसी–७ ले जनाएको छ ।नाम नखुलाइएका ती व्यक्तिका कारण विमानलाई मिन्निपोलिसतर्फ डाइभर्ट गरेर मिन्निपोलिस–सेन्ट पाउल अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिएको थियो । उनलाई विमानबाट ओरालेर स्थानीय सुरक्षाकर्मीको जिम्मा लगाइएको थियो । उनले एउटा झोलाभरि राखेको सेतो धूलो पदार्थ छिन–छिनमा नाकबाट तान्ने गरेका थिए ।

उनले छुरा प्रहार गर्ने हाउभाउमा अन्य यात्रुतर्फ आक्रामक देखिएको र महिला यात्रुहरूमाथि जातीय गाली दिँदै अभद्र टिप्पणी गरेको बताइएको छ । रिसले विमानभित्र ओेहोर–दोहोर गर्दा उनले जुत्ता पनि लगाएका थिएनन् । कल साइन ९१५ बोकेको सो विमान उनलाई विमानबाट ओरालेपछि गन्तव्यतर्फ उडेको थियो ।