१६ चैत्र २०८०, शुक्रबार

संसद विघटनपछि विपक्षी गठबन्धनको बैठक बस्दै, संयुक्त आन्दोलनको तयारी

Bipakchhi1621591775 1024x556 1

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटनको घोषणा गरेपछि विपक्षी गठबन्धनको बैठक बस्न लागेको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र एमालेको असन्तुष्ट पक्षसहितको सर्वपक्षीय बैठक बस्न लागेको बताइएको छ । बैठक अहिले केहीबेरमा सुरु हुँदैछ ।

प्रतिनिधिसभा विघटन र अर्ली चुनाव घोषणाविरुद्ध विपक्षी गठबन्धनले आन्दोलनको तयारी समेत गरेका छन् ।