७ बैशाख २०८१, शुक्रबार

माधव नेपालले राष्ट्रपतिसमक्ष प्रश्नः ‘म यही छु, मेरो हस्ताक्षर कसरी आइपुग्यो’

Bidhya bhandari and madhav kumar Nepal

नेपालको राजनीतिले रोचक मोड पुगेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज अपरान्ह ५ बजेसम्मका लागि प्रधानमन्त्रीका लागि दावी पेश गर्न आह्वान गरेकी थिइन् । सोही अवधिमा एकाएक दुई जनाको उम्मेद्वारी परेपछि राजनीति रोचक मोडमा पुगेको हो । अझ भनौँ प्रधानमन्त्री ओली र काँग्रेस सभापति शेरबहादुर देउवाले पेश गरेको हस्ताक्षरमा कतिपयको हस्ताक्षर दुवैतर्फ रहेको छ । यही विषयलाई लिएर नेकपा (एमाले)का नेता माधवकुमार नेपालले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आफ्नो हस्ताक्षर कसरी आइपुग्यो भन्दै प्रश्न गरेका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन १४९ सांसदको हस्ताक्षर लिएर शीतलनिवास पुगेका नेता नेपालले राष्ट्रपतिसमक्ष कसरी आफ्नो नाम पहिल्यै आएको भनेर प्रश्न गरेका थिए ।

त्यसमा राष्ट्रपतिले कुनै जवाफ नदिएको स्रोतको दाबी छ । नेता नेपालले पनि राष्ट्रपतिलाई संविधानले दिएको अधिकार प्रयोग गर्न आग्रह गरेका थिए ।

हस्ताक्षर बुझाउने क्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संविधान बमोजिम अघि बढ्न आग्रह गरेका थिए ।

यस्तै माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले केपी शर्मा ओलीले संवैधानिक हिसाबले दाबी गर्नै नमिल्ने बताएका थिए ।