
नेपालमा शुक्रबार थप ८ हजार ९८० जनामा कोरोना पुष्टि भएको छ ।
देशभर गरिएको १९ हजार ३ सय ५७ पीसीआर र ७ सय ४८ एन्टिजेन परिक्षणका क्रममा २०० उक्त संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ४ लाख ९७ हजार ५२ पुगेको छ । त्यस्तै थप १७७ जनाको कोरोनाका कारण मृत्यु भएको छ । हालसम्म नेपालमा ६ हजार २४ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।
त्यस्तै ७ हजार ८ सय ९० संक्रमित निको भएका छन् । हालसम्म नेपालमा तीन लाख ७४ हजार ८ सय ३६ जना कोरोनामुक्त भएका छन् । हाल नेपालमा १ लाख १६ हजार १९२ संक्रिय संक्रमित आइशोलेशनमा र ९१२ जना क्वारेन्टाइनमा छन् । हालसम्म नेपालमा २८ लाख ७८ हजार १४६ वटा पिसिआर गरिएको मन्त्रालयले जनाएको छ ।