१५ चैत्र २०८०, बिहीबार

सके मलाई हटाउ, नसके मेरो नेतृत्वमा सरकार बनाउनुहोस् : ओली

press meet pm oli

प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षीहरूलाई वैकल्पिक सरकार बनाउन चुनौती दिएका छन् । वैकल्पिक सरकार बने आफू प्रतिपक्षमा बसेर सरकारलाई रचनात्मक सहयोग गर्न तयार रहेको बताएका छन् ।

‘वैकल्पिक सरकार बनाए भयो, वैकल्पिक सकार बने म स्वागत गर्छु,’ ओलीले भने, ‘तपाईँहरू वैकल्पिक सरकार बनाउनुहोस् मेरो रचनात्मक सहयोग रहने छ ।’

ओलीले आफूले आजै कांग्रेस सभापति शेबहादुर देउवालाई फोन गरेर राष्ट्रिय सरकार मिलेर बनाउन आग्रह गरेको बताए । ‘आज बिहान मैले शेरबरहादुर देउवालाई फोन गरेर भनेँ( तपाईँहरू सरकार बनाउनुहोस् । होइन, भने आउनुहोस् मेरो नेतृत्वमा राष्ट्रियस सरकार बनाउँ न त ’ उनले भने । ओलीले आफूलाई सर्मथन गरे संसद विघटन नहुने समेत भने । ‘म हार्छु, विश्वासको मत लिए भने म हार्छु । हारेपछि ५ मै जाने हो । त्यसो हो भने जाऔं । सरकार बनाउनुहोस्, नीति तथा कार्यक्रम र बजेट ल्याउनुहोस्’, ओलीले भने ।

सक्नुहुन्न भने मलाई सर्मथन गर्नुहोस्,’ उनले भने, ‘कसले विघटन गर्न खोज्यो संसद मलाई सर्मथन गर्नुहोस् । महामारीका बेला सबै सरकारमा सहभागी होऔं ।